सञ्जय दत्तकी छोरीको ‘ब्याइफ्रेन्ड’को मृ**त्यु

बलिउड अभिनेता सञ्जय दत्तकी छोरी त्रिशाला दत्तको ‘ब्याइफ्रेन्ड’को मृ**त्यु भएको समाचार सार्वजनिक भएको छ । उनले आफ्नो इन्स्टाग्राममार्फत ब्याइफ्रेन्डको अचानक मृ**त्यु भएको जानकारी गराएकी हुन् । त्रिशालाको ब्याइफ्रेन्ड इटालियन मूलका नागरिक रहेको समाचारमा जनाएको छ । त्यसैले उनको बारेमा धेरै कुरा सार्वजनिक हुन सकेको छैन । उनको बुधबार मृ**त्यु भएको थियो । ब्वाइफ्रेन्डको मृ**त्युपछि त्रिशाला शोकमा डुबेकी छन् । उनले सामाजिक सञ्जालमार्फत ब्वाइफ्रेन्डका लागि श्रद्धाञ्जली दिएकी छन् ।

आफ्नो इन्स्टाग्राममा त्रिशालाले लेखेकी छन् – ‘मेरो दिल टुटेको छ, मलाई माया गर्ने र मेरो सुरक्षा गर्ने तिमीप्रति आभारी छु । तिमीले मलाई जिन्दगीमा धेरै खुसी राख्यौ, जति म पहिले किहले हुन सकेकी थिइन । तिमी मेरो जिन्दगी थियौ । म पनि तिमीलाई अति माया गर्छु, तर हामी अब कहिले भेट्ने छैनौ ।’ त्रिशाला सञ्जयकी पहिलो पत्नी ऋचा शर्मातर्फको छोरी हुन् । उनले न्यूयोर्कको हाफ्स्ट्रा युनिवर्सिटीबाट मास्टर्स डिग्री हासिल गरेकी छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्