बलिउड अभिनेत्री विद्याको निधन

एजेन्सी । बलिउडमा आफ्नो चञ्चल मुस्कान र अभिनयले दर्शकको माया बटुल्न सफल चर्चित अभिनेत्री विद्या सिन्हाको निधन भएको छ ।फोक्सो र मुटको समस्याबाट पीडित सिन्हाको केहि समयअघि मुम्बइको जुहुस्थित एक अस्पतालमा उपचार भइरहेको थियो। स्वास्थ्य अवस्था खराब हुँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो।उपचारकै क्रममा बिहीबार दिउँसो उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।सिन्हा ७० –८० को दशककी चर्चित अभिनेत्री हुन्। उनका ‘छोटीसी बात’, ‘रजनीगन्ध’, ‘पति पत्नी औ वो’, ‘मुक्ति’ लगायतका फिल्म चर्चित थिए ।

उता बलिउड अभिनेता ऋतिक रोशनले विश्वकै सुन्दर पुरुषको उपाधि जितेका छन्। यसअघि एसियाकै सुन्दर पुरुष बनेका ऋतिकले विश्वका पाँच सुन्दर पुरुषमध्ये उत्कृष्ट ठहरिँदै विश्व सुन्दर पुरुषको उपाधि पाएका हुन्। उनले ‘टप ५ मोस्ट ह्यान्सम म्यान इन द वर्ल्ड २०१९’मा शीर्ष स्थान हासिल गरेका छन्। टाइम्स अफ इण्डियाका अनुसार ऋतिकले क्रिश इभान्स, डेभिड ब्याकहम, रोबर्ट प्याटिन्सन, सलमान खान, ट्रम कुज लगायतलाई प्रतिस्पर्धामा उछिनेका थिए।उनी एक्टरका साथै डान्सर पनि हुन्। फिल्म ‘सुपर ३०’ले बक्स अफिसमा राम्रो कारोवार गरेपछि ऋतिक अहिले पारिवारिकसँग समय विताइरहेका छन्। उनी आगामी फिल्ममा टाइगर श्राफसँग एक्सन अवतारमा देखिँदैछन्।

प्रतिक्रिया दिनुहोस्