फुटपाथमै कपडा किन्छिन् अजय देवगणकी पत्नी काजोल

बलिउड अभिनेत्री काजोल हालै आफ्ना श्रीमान् अजय देवगणका साथ करण जोहरको पपुलर शो कफी विद करणमा केही सयम पहिला देखिइन् । शोका दौरान उनीहरूले खुलेरै कुराकानी गरे । त्यसै क्रममा काजोलले एउटा नयाँ रहस्य खोलिन् ।त्यहाँ उनले आ फ्नो ध्यान सधैं सस्तो कपडामा जाने र मन परेको पहिरन फुटपाथमै किन्ने रहस्य खोलिन् ।काजोलका पति अजयले आफ्नी श्रीमती पैसाको मामिलामा किनै कन्जुस भएको बताए । काजोलले कहिलेकाहीं अनलाइनबाटै सपिङ गरे पनि आफैं गएर सपिङ गर्नुपरे ठूला मलहरूमा नगएर फुटपाथ र सामान्य पसलमा गएर समान लिने गरेको रहस्य खोलेकी हुन ।

अजयले यस विषयमा भने, ‘काजोलमा पैसा जोगाउने सोख छ ।’ काजोलले श्रीमान्लाई जवाफ दिएकी छिन्, ‘केही निश्चित समय लगाइने पहिरनका लागि किन ठूलो रकम खर्चिनुपर्‍यो त ?’उता भारतको उत्तर प्रदेशमा जन्मिएका अमिताभ बच्चनको जीवनका केही कथाहरू धेरैलाई थाहा नभएको हुन सक्छ । यस्तै एउटा कथा यहाँ हामी बताउँछौं ।अमिताभ आफ्ना पिता हरिवंश राय बच्चन, आमा तेजी र भाइ अजिताभसँग दशद्वारमा बस्थे । यो इलाहाबादको क्लाइभ रोडमा थियो । रोडनजिकै रानी बेतियाको एक कोठी थियो जसको ढोका सधैं बन्द हुन्थ्यो र एउटा पालेले सधैं पहरा दिन्थ्यो ।

अमिताभ यो कोठीमा जान चाहन्थे किनकि उनले साथीहरूसँग कोठी र रानीका बारेमा धेरै कुरा सुनेका थिए ।एक दिन आफ्ना दुई साथीहरू शशि र नरेशका साथ उनी पालेकहाँ पुगे र कोठीभित्र जाने अनुमति मागे । पालेले २५ पैसा दिने भए कोठीमा जान दिन्छु भने ।धेरै सोचविचार गरेपछि अमिताभ घर गए र उनले ड्रेसिङ टेबलको घर्रा खोलेर आमाले राखेको सुका चोरे । पालेले सुका त लियो तर कोठीभित्र नछिराइकन हप्काएर पठायो ।अमिताभ घर पुगेपछि तेजीले उनको गाला चड्काइन् । उनले पैसा चोरेको थाहा पाएपछि गाला चड्काएकी थिइन् ।पछि हरिवंशले अमिताभलाई यसबारेमा सोध्दा उनले सबै कुरा बताए ।

प्रतिक्रिया दिनुहोस्