दसैंका लागि असोज १० देखि यी स्थानमा साट्न पाइन्छ नयाँ नोट ? नयाँ नोटमा बिगार्नेलाई ३ महिना जे*ल

काठमाडाैं, ३ असाेज : यसवर्षको दसैंका लागि सर्वसाधारणले असोज १० गतेदेखि नयाँ नोट पाउने भएका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार आगामी १० गतेदेखि १७ गतेसम्म सर्वसाधारणले नयाँ नोट साट्न पाउने छन् ।यस पटक एक व्यक्तिले १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाउने छन्। नयाँ नोट ५, १०, २०, ५० र १ सय र ५ सयका नयाँ नोट सर्वसाधारणले पाउने छन् । थप नोट लिन चाहनेहरुका लागि पुराना तर सुकिला नोट उपलब्ध गराउने राष्ट्र बैंकले बताएको छ ।

यसअघि गत वर्ष राष्ट्र बैंकले ५, १०, २०, ५० रुपैयाँ दरका नयाँ २–२ प्याकेट र १ सय रुपैयाँ दरका एक प्याकेट गरी जम्मा २७ हजार रुपैयाँसम्म प्रतिव्यक्ति सटही सुविधा दिएको थियो ।राष्ट्र बैंकका अनुसार उपत्यकामा २३ ठाउँबाट नयाँ नोट साट्न सकिने छ ।नेपाल बैंकका सात वटा शाखाहरू, राष्ट्रिय वाणिज्य बैंकका केन्द्रीय कार्यालयसहित १० वटा शाखाहरू, कृषि बैंकका छ वटा शाखाहरूबाट नयाँ नाेट साट्न सकिने राष्ट्र बैंकले जनाएकाे छ ।राष्ट्र बैंकका अनुसार नेपाल बैंकका शाखा कार्यालयहरू न्यूराेड, कीर्तिपुर, महाराजगन्ज, जाेरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिमम्पाट र भक्तपुरबाट नयाँ नाेट साट्ने सकिने छ ।

राष्ट्रिय वाणिज्य बैंकका शाखाहरू- सिंहदरबारप्लाजा केन्द्रीय कार्यालय, सिंहदरबार परिसर, टेकु, नयाँबाजेश्वर, सानाे थिमी, विशालबजार, नक्साल, बालाजु, लुभु र टाेखाबाट नयाँ नाेट साट्ना सकिने राष्ट्र बैंकले जनाएकाे छ ।त्यस्तै कृषि बैंकका शाखाहरू- गाैशला, गठ्ठघर, रमशहपथ, रत्नपार्क,थानकाेट र पुलचाेकबाट दसैंकाे लागि नयाँ नाेट साट्न सकिने छ ।उपत्यकाबाहिर बिराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका राष्ट्र बैंक कार्यालयबाट नयाँ नोट सटही हुनेछ। साथै नोटमा केरमेट तथा रङ लगाउने कार्य नगर्न राष्ट्र बैंकले सबैलाई आग्रह गरेको छ।

राष्ट्र बैंकले साटिएका नयाँ तथा सुकिला नोटहरुमा रंगलागेमा अथवा कोरिएको भेटेमा ५ हजार ज*रिवाना सहित ३ महिना जे*ल स*जाय दिने भएको छ । अब रंगलागेको र कोरिएको नोटलाई चलनचन्तीमा आउन नै रोक लगाएको प्रवक्ता निरौलाले बताए ।साथै निजी क्षेत्रका विभिन्न वाणिज्य बैंक तथा वित्तीय संस्थाले पनि नयाँ नोट उपलब्ध गराउनेछन् ।

प्रतिक्रिया दिनुहोस्