जनप्रतिनिधिले लिए दसैंभत्ता , तिहार खर्चका लागि चन्दा उ’ठाइँदै

कपिलवस्तु : कपिलवस्तु नगरपालिकाका नगर प्रमुख तथा वडा अध्यक्षहरूलाई दसैंभत्ता लिएको वि’रोधमा दिपावली खर्च जुटाई दिन भन्दै तौलिहवाका नागरिक अगुवाहरूले च’न्दा संकलन अ’भियान सुरु गरेका छन् । नगरपालिकाका प्रमुख तथा वडा अध्यक्षहरूले दसैं भत्ता लिएको वि’रोधमा नागरिक अगुवाहरूले सो नि’र्णयको वि’रोध स्वरूप उनीहरूलाई दिपावली खर्च जु’टाउने अ’भियान सुरु गरेका हुन् । जनताको करबाट प्राप्त रकम जन प्रतिनिधिहरूले दसैंभत्ताका रूपमा लिनु नगरवासीको हि’तमा नरहेको भन्दै त्यसविरुद्ध आफूहरू वि’रोधमा उ’त्रिएको ना’गरिक अ’गुवाहरूले बताएका छन् ।

ब’ढ्दो महंगीमा एक महिना बराबरको भत्ता रकमले दसैं खर्च नगर प्रमुख र वडा अध्यक्षहरूलाई नपुग्ने भन्दै व्यं’ग्यात्मक शै’लीमा पाँच÷दस रूपैयाँ चँ’दा संकलन सुरु गरेको मधेश मानव अधिकार गृ’हका अध्यक्ष रवि ठाकुरले बताए । तौलिहवा बजार प’रिक्रम मा गरी दसैं अवधीभर च’न्दा संकलन गरिने र संकलन भएको सो रकम दिपावलीको अवसरमा नगर प्रमुख किरण सिंहलाई दिपावली खर्च बापत बुझाईने अध्यक्ष ठाकुरले बताए ।‘स्थानीय सरकारको रूपमा रहेको नगर कार्यपालिकाले बहुमतबाट जे जे नि’र्णय गरे पनि लागु हुन्छ भन्ने द’म्भ नगर प्रमुख तथा वडा अध्यक्षहरूमा छ,’ अधिकारकर्मी ठाकुरले भने, ‘त्यस्ता द’म्भ तो’ड्न पनि अब नागरिक समाज र नागरिक अ’गुवाहरूले ख’बरदारी गर्नु पर्छ ।’

अ’भियानलाई गै’रसरकारी संस्था महासंघ, जवाफदेहिता निगरानी समिति, जेष्ठ नागरिक समाज, दलित महिला अधिकार संघ, कालिका स्वावलम्वन सामाजिक केन्द्र, तौलिहवा उद्योग वाणिज्य संघ लगायतका नागरिक संघ संस्थाहरूले ने’तृत्व गरेका छन् । नगर क्षेत्रको विकास र ज’नप्रतिनिधिहरूको ज’वाफदेहिताका लागि अब नि’रन्तर रूपमा यस्ता ख’बरदारी कार्यक्रम सञ्चालन गरिने गैरसरकारी संस्था महासंघका अध्यक्ष प्रवीण कुमार श्रीवास्तवले बताए ।जिल्ला तथा अन्यत्रका नगरपालिकाहरूले पनि दसैं खर्च बु’झेका कारण आफूहरूले पनि दसैं खर्च बुझेको नगर प्रमुख किरण सिंहले संचारकर्मीलाई बताए ।

प्रतिक्रिया दिनुहोस्