गाई, भैंसीको भन्दा पौष्टिक तत्व साङ्लाको दुधमा भेटियो

एजेन्सी । गाई, भैँसी, बाख्रा लगायतका स्तनधारी जनावरले मात्र होइन किराले पनि दुध दिन्छ भन्दा अचम्म लाग्छ । तर यो सत्य हो, एक विशेष प्रजातिको किराले दिने दूध गाईको दूध भन्दा पनि फाइदाजनक हुन्छ ।किराको प्रजातिमध्ये एउटा यस्तो प्रजाति हो, साङ्ला । जसले दूध दिन्छ । अण्डा नपार्ने यो साङ्लाले बच्चा जन्माउने गर्छ । र, यो साङ्लाको दूधमा अन्य जनावरको दूधको तुलनामा निकै धेरै पौष्टिक तत्व हुन्छ । विभिन्न देशका मानिसहरुले साङ्ला खाने गर्दछ र भविष्यमा साङ्लाको दूधले पनि बजार लिने संकेत देखिएको छ ।

यस विषयमा अनुसन्धान गरेका भारतका वैज्ञानिक सुब्रमण्यम रामाश्वमईले दूध दिने साङ्ला प्रजातिको नाम डिप्लोप्टेरा पंक्टाटा अर्थात् प्यासिफिक बिटल कक्रोच भएको बताएका छन् । यो साङ्लाका बच्चा धेरै समयसम्म बाँच्छन् र स्वस्थ पनि हुन्छन् । त्यसको मुख्य कारण साङ्लाको दूध नै हो ।अध्ययनको क्रममा गाईको दूधमा भन्दा यो प्रजातिको साङ्लाको दूधमा चार गुणा बढी पौष्टिक तत्व पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्