क्रिकेटबाट दुई महिनाको विदा लिएका धोनीले कश्मीरमा आर्मीको प्याराशुट तालिम लिने

काठमाडौं। भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनी हाल क्रिकेटको दुनियाबाट २ महिनाको विदामा छन्। उनी यो विदा आरामका लागि भने लिएका होइनन्। भारतीय सेनाको मानर्थ सदस्य रहेका धोनीले यो दुई महिना आर्मीको तामिल लिने छन् । धोनीले लिने तालिमबारे आर्मीले स्वीकृति दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । धोनीले भारतीय सेनाको प्याराशुट रेजिमेन्टको १०६ प्यारा पीटी बटालियनमा रहेर तालिमले लिने स्वीकृति भारतीय आर्मी चिफ जर्नेल विपिन राउतले दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

धोनीलाई भारतीय सेनाले मानार्थ लेफ्टिनेन्ट कर्णेलको दर्जा दिएकोसमेत बताइएको छ । उनी तालिम अवधिभर अन्य सैनिक जवान जस्तै मेसमा खानेछन् भने शिविरहरुमै बस्नेछन् । उनले न्य सैनिक जवान जस्तै सुविधा पाउने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । धोनी रहेको बटालियनको मुख्यालय बेंगलुरुमा भए पनि उनले तालिम भने जम्मू कश्मीरमा लिने जनाइएको छ । तर, धोनी कुनै सक्रिय सैन्य मिसनमा भने सहभागी हुने छैनन् । हालै इंग्ल्याण्डमा सम्पन्न आईसीसी विश्व कप क्रिकेटमा धोनीले खराब प्रदर्शन गरेपछि उनीमाथि सन्यास लिन दबाब परेको थियो ।

धोनीलाई २०११ मै भारतीय सेनाको बनाइएको थियो ।आइतबार वेष्टइण्डिज टूरका लागि भारतीय टिमको घोषणा हुँदा उनी विदामा रहेकाले टिममा नरहेको जानकारी दिइयो । यद्यपी धोनीको टिममा पर्ने सम्भावना न्यून थियो । त्यसैले पनि उनले क्रिकेटबाट विदा भन्दै सैन्य तालिम लिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्