आफुलाइ गाडी किन्न छुट्याएको पैसाले जनतालाई एम्बुलेन्स किन्ने उपमेयर !

काठमाडौँ / दक्षिणकाली नगरपालिकाको उपप्रमुखले सुविधामा पाएको गाडी नलिने निर्णय लिएकी छन् । जनतालाई सुविधा दिने तहमा पुगे पछि जनप्रतिनिधि आफ्नै तलव, भत्ता, सेवा सुविधा बढाउने तर्फ उन्मुख भइरहेको अवस्थामा दक्षिणकाली नगरपालिका उपप्रमुख बसन्ती डंगोल तामाङ्गले तेस्रो नगर सभाले उपप्रमुखको सुविधाको लागी पारित गरेको ३० लाख बराबरको गाडी लिन अस्वीकार गरेकी हुन् ।०७५/०७६ का लागी बसेको तेस्रो नगर सभामा पारित भएको उक्त रकम उपप्रमुख तामाङ्गले आफ्नो सुविधा भन्दा नगरभित्रको विकासका लागी बजेट आवश्यक रहेको बताइन् ।

तामाङ्गले उक्त बजेटबाट २५ लाख प्राविधिक शिक्षाको लागी कामधेनु मा.विलाई कृषि प्राविधिक विद्यालय संचालन गर्न र एम्बुलेन्स खरिदका लागी पाखाचोक सप्ताह मूल समारोह समिति र सोचन्द भैरव युवा क्लवको संयुक्त आयोजनामा संचालन गरीएको सप्ताहबाट संकलित रकममा ५ लाख थप गरी एम्बुलेन्स खरिदमा सहयोग गर्ने घोषणा गरेकी छन् ।आजको युग आधुनिक शिक्षाको युग भएको बताउँदै नगरभित्रका सबै नागरिकमा शिक्षाको पहुँच पुगोस भन्ने आफ्नो योजना रहेको बताइन् । त्यस्तै काठमाडौँ र पोखराको सफलतापछि सोनाम गियरको नयाँ शोरुम भरतपुरमा सञ्चालनमा आएको छ ।

सिजी ल्याण्डमार्कको पहिलो तलामभा शोरुमको एक कार्यक्रमका बीच चर्चित सञ्चारकर्मी तथा सोनाम गियरका ब्राण्ड एम्बेस्डर रवि लामिछानेले उद्घाटन गरे । शोरुममा सानोम गियरको ज्याकेट, टिसर्ट, टे«किङको पोशाक, सर्ट, जुत्तालगायतका सामग्री विक्रीको लागि राखिएको छ । नेपालमै कारखाना रहेको शोरुमले विगत ९ वर्षदेखि सेवा सुभारम्भ गरेको सोनामका म्यानेजर अमित लामाले जानकारी दिए ।लामाले सोनाम गियरले तराईदेखि हिमालसम्म बस्ने मानिसहरुको लागि उपयुक्त हुने स्वदेशी गुणस्तरीय उत्पादन रहेको बताए ।

उच्च स्तरीय प्रविधिबाट कपडाहरु उत्पादन गर्ने भएकाले विदेशी ब्राण्डसँग सजिलै प्रतिस्पर्धा गर्न सफल भएको लामाको भनाइ छ।सो नामको उत्पादन दुई हजारदेखि १२ हजारसम्मका छन् । शोरुमको उद्घाटनपछि ब्राण्ड एम्बेस्डर रवि लामिछानेले सोनाम गियरको नेपाली उत्पादन गुणस्तरीय रहेको प्रतिकृया दिए । उनले सोनामासँग दुई वर्षदेखि सम्बन्ध गासेको भन्दै गुणस्तरका कुनै शंका नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्