अ*लविदा पर्दाकी आमा ! सुभद्रा अधिकारीको अ*न्त्येष्टिमा शो*कमग्न आ*र्यघाट

काठमाडौं। नेपाली चलचित्र उद्योगकी बरिष्ठ कलाकार सुभद्रा अधिकारीको अ*न्त्येष्टि गरिएको छ। उनको पशुपति आ*र्यघाटस्थित वि*द्युतीय श*वदाहगृहमा अ*न्त्येष्टि गरिएको हो।अ*न्त्येष्टि गर्नु अघि नेपाल चलचित्र कलाकार संघले कलाकार अधिकारीको पा*र्थिव शरीरमा श्र*द्धाञ्जली अर्पणका लागि व्यवस्था मिलाएको थियो।अभिनेता शिव श्रेष्ठ, अभिनेत्री करिश्मा मानन्धर, रेखा थापा, हास्य कलाकारहरु शिवहरी पौडेल, किरण केसी, चलचित्र वितरक गोपाल कायस्थले उनको पा*र्थिव शरीरमा श्र*द्धाञ्जली अर्पण गरेका थिए।

७३ वर्षको उमेरमा नि*धन भएकी सुभद्रा अधिकारीलाई श्र*द्धाञ्जली अपर्ण गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई त्यहाँ पुगेका थिए।काठमाडौंको असनमा वि.स. २००३ सालमा गायिका नूरा देवीको कोखबाट उनको जन्म भएको थियो।आमा नूराले उनलाई बेहोसी अव स्थामा जन्म दिएकी थिइन् । उनी जन्मँदा पाँच दिन अगाडि गाइजात्रा थियो । दुःखद संयोग ! उनको नि*धन गाइजात्राको एकदिन पछि भएको छ।२०२१ सालमा कृष्णप्रसाद अधिकारीसँग प्रेम विवाह गरेकी उनको पहिलो नाट्य अभिनय ‘कची मचा’ थियो। यसपछि उनले नाट्य अभिनयमा लामो समय विताइन् ।

बालकृष्ण समको निर्देशनमा ‘भक्त प्रह्लाद’, ‘बुहार्तन’, ‘नालापानी’ लगायत धेरै नाटकहरुमा उनले अभिनय गरेकी थिइन् । उनले पहिलो पटक नायिका भएर काम गरेको नाटक जगतमर्दन थापाको ‘पलाँसको फूल’ थियो । निर्देशक प्रकाश थापा निर्देशित फिल्म ‘मनको बाँध’ उनी अभिनीत पहिलो फिल्म हो । यसमा उनले हरिप्रसाद रिमालको पत्नीको भूमिका निभाएकी थिइन् । यो फिल्म गर्दा उनी २२ वर्षकी थिइन् । उनले ‘कन्यादान’, ‘भाउजु’, ‘स्वर्ग’, ‘चिनो’, ‘कर्जा’, ‘मंगलसुत्र’, ‘आमा’, ‘आमाको माया’, ‘बाटो मुनीको फूल’, ‘बेहुली’, ‘मुना मदन’, ‘मसान’ लगायत दर्जनौं फिल्ममा काम गरेकी छन् ।अहिले सामाजिक सञ्जालमा फिल्मकर्मीहरुले उनीप्रति श्रदाञ्जली अर्पण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्